प्रधानमन्त्री ओलीद्वारा स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण

सिरहा । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेका छन् ।

१७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने आधा दर्जन नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

सभामा गाउँ गाउँबाट हजारौं कार्यकर्ता आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..