देउराली जनता फर्मास्युटिकल्स ३० औं वर्षमा,३३० औषधिहरुको अनुसन्धान र उत्पादन गर्दै

काठमाडौं। देउराली जनता फर्मास्युटिकल्सले औषधि उत्पादन सुरु गरेको ३० वर्ष पुगेको छ। नेपालमै अत्यावश्यक ‌औषधिहरु उत्पादन गरिरहेको फर्मास्युटिकल्स यस अवधिमा विभिन्न राजनीतिक एवम् प्राकृतिक प्रकोपसँगै पछिल्लो समय कोभिड-१९ को असर झेल्दै ३० वर्षमा प्रवेश गरेको जनाएको छ।

देउराली जनता फर्मास्युटिकल्स नेपालमा ‌औषधि उत्पादनमा अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने र आइएसओ-९००१; आइएसओ-१४००१ का प्रमाणपत्र प्राप्त गर्ने पहिलो कम्पनी भएको विज्ञप्तीमा उल्लेख छ।

कम्पनीले विभिन्न रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पावरलगायतका ३३० प्रकारका औषधिहरुको अनुसन्धान र उत्पादन गर्दै आएको जनाएको छ।

यस्तै, नेपालमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको फाभिर-२०० ट्याबलेट समेत फर्मास्युटिकल्सले उत्पादन गर्दै आएको छ। अहिले यो औषधिको क्लिनिकल ट्रायल भइरहेको र प्रयोग गरेका संक्रमितहरु छिटो निको भइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..