देउराली जनता फर्मास्युटिकल्स ३० औं वर्षमा,३३० औषधिहरुको अनुसन्धान र उत्पादन गर्दै

काठमाडौं। देउराली जनता फर्मास्युटिकल्सले औषधि उत्पादन सुरु गरेको ३० वर्ष पुगेको छ। नेपालमै अत्यावश्यक ‌औषधिहरु उत्पादन गरिरहेको फर्मास्युटिकल्स यस अवधिमा विभिन्न राजनीतिक एवम् प्राकृतिक प्रकोपसँगै पछिल्लो समय कोभिड-१९ को असर झेल्दै ३० वर्षमा प्रवेश गरेको जनाएको छ।

देउराली जनता फर्मास्युटिकल्स नेपालमा ‌औषधि उत्पादनमा अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने र आइएसओ-९००१; आइएसओ-१४००१ का प्रमाणपत्र प्राप्त गर्ने पहिलो कम्पनी भएको विज्ञप्तीमा उल्लेख छ।

कम्पनीले विभिन्न रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पावरलगायतका ३३० प्रकारका औषधिहरुको अनुसन्धान र उत्पादन गर्दै आएको जनाएको छ।

यस्तै, नेपालमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको फाभिर-२०० ट्याबलेट समेत फर्मास्युटिकल्सले उत्पादन गर्दै आएको छ। अहिले यो औषधिको क्लिनिकल ट्रायल भइरहेको र प्रयोग गरेका संक्रमितहरु छिटो निको भइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..