स्वर्गिय हेमनारायण १७ औं स्मृति दिवस : प्रम ओलीको लागी रातो कार्पेट,पैदल यात्रुलाई समेत आवत जावतमा रोक

सिरहा । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिरहा जिल्लाको सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय सिरहा देखि देखि स्व.हेमनारायण चोकसम्म  सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवत जावत गर्न दिएको छैन ।

प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गिय यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । शालिक अगाडी प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेट ओछ्याएको छ ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाउने योजना बनाउन सक्ने भन्दै सुरक्षाकर्मी पसल समेत बन्द गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..