आफू सिसाको घरमा बसेर मन्त्री लिलानाथ श्रेष्ठ अरुको घरमा ढुंगा फाल्दैछन् : प्रदेश सांसद यादव

सिरहा । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड-नेपाल समुह ) का नेता तथा प्रदेश सांसद प्रमोद यादवले कानुन मन्त्री लीलानाथ श्रेष्ठ झुठको खेती गरिरहेको आरोप लगाएका छन् ।

कम्यूनिस्ट नेता स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवसको अवसरमा सिरहामा श्रद्धाञ्जली अर्पण गर्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथि आक्रोस पोखे । उनले मन्त्री श्रेष्ठ आफ्नो घर चोहर्वामा बस्न नसक्ने चेतावनी समेत दिए ।

‘आफू सिसाको घरमा बसेर मन्त्री श्रेष्ठ अरुको घरमा ढुंगा फाल्दैछन्,’ सांसद यादवले भने, ‘हेर्दै गर्नुस् उनको आफ्नै घर भत्किन्छ ।’ उनले संसद विघटन संवैधानिक रहेको भन्दै सुर्य चिन्ह र नेकपा पार्टी आफुहरूकै रहने जिकिर गरे ।

सांसद यादवले भने- यहां पार्टी कार्यालयको शिलान्यास भयो । तर एउटा ईटा जोड्न सकेन । ४० लाख त ५० लाखको योजना भन्दै शिलान्यास गर्दै हिडे पनि अहिलेसम्म कुन कुन काम भयो ? कतै भएन ।’

स्वर्गिय यादवको हत्यारालाई कारबाही हालसम्म नभएकोमा सांसद यादवले दु:ख व्यक्त गरे । सिरहामा नेकपा ओली समुहले पनि स्वर्गिय यादवको स्मृति दिवस आयोजना गरेको छ । सम्बोधन गर्न प्रधानमन्त्री ओली सिरहा आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..