सिरहामा कानुन मन्त्री श्रेष्ठको चन्दा अभियान : असुली कामलाई तीब्रगतिमा


सिरहा । पार्टी र संसदमा अल्पमतमा परेपछि प्रतिनिधिसभा विघटन र पार्टी फुटाएपछि ओली सरकारका मन्त्रीहरु कमाउने अन्तिम अवसरका रुपमा लिदैं जसरी पनि पैसा जम्मा गर्ने योजनामा सक्रिय छन् । जसरी पनि कमाउने योजना अन्तर्गत कमिशन, नीतिगत भ्रष्टाचार मात्र होइन खुलेआम चिट्ठीमार्फत चन्दा भन्दै कमाउ धन्दामा लागेका छन् ।

बहालवाला मन्त्रीलाई कुनै पनि निकायमा चन्दा र आर्थिक सहयोग माग गर्न सामान्यत : मिल्दैन । त्यो पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि । तर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का सिरहा जिल्ला इन्चार्ज लीलानाथ श्रेष्ठले आफै हस्ताक्षर गरी सरकारी कार्यालयसँग कार्यक्रमका लागि आर्थिक सहयोग माग गरेका छन् ।

स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसमा आयोजना हुने कार्यक्रमका लागि भन्दै मन्त्री श्रेष्ठले सिरहाको विभिन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । सिरहा सदरमुकाममा आज हुने स्मृतिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रमको व्यवस्थाका लागि आर्थिक सहयोग गरिदिनुहोला पत्रमा भनिएको छ । पत्रमा रकम उल्लेख नगरिए पनि मन्त्री श्रेष्ठले रु. ५० हजार आर्थिक सहयोग गर्न दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।

मन्त्रीले नै पत्र पठाएपछि आर्थिक सहयोग गर्नैप¥यो तर बजेट नहुँदा समस्या भएको ती कार्यालय प्रमुखको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इञ्चार्जको हैसियतमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेको सरकारी कार्यालयलाई आर्थिक सहयोगको पत्र पठाएपछि सबै जना आश्चर्यमा परेका छन् । मन्त्रीको उक्त कार्यको सबैले आलोचना गर्दै मन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले पत्र नै पठाएर आर्थिक सहयोग माग गर्नु अत्यन्तै दुखद कार्य भएको बुद्धीजिवीहरुले टिप्पणी गरेका छन् । यसबाट सरकारी कार्यालयहरुमा भ्रष्टाचार अझै मौलाउँने बुद्धिजीवीहरुको कथन छ ।

प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने मीठो नारामा पशुपति शर्माले गीत गाएजस्तै केपी शासनमा लुट्न सके लूट कान्छा जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..