शान्ति मिसनबाट फर्किएलगत्तै मृत्यु भएका प्रहरी नायब निरीक्षकको परिवारलाई ७७ हजार डलर क्षतीपुर्ती

काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट फर्किएपछि बिरामी भएर मृत्यु भएका नेपाल प्रहरीका एक कर्मचारीका परिवारले ७७ हजार अमेरिकी डलर क्षतीपुर्ती पाएका छन् । करिब २ महिनाअघि दक्षिण सुडानबाट फर्किएका प्रहरी नायब निरीक्षक(सइ) दीपक खनालको मलेरिया रोगबाट नेपालमा मृत्यु भएको थियो ।

मिसनमै हुँदा उनलाई मलेरिया भएको र त्यसैका कारण मृत्यु भएको भन्दै प्रहरीको यूएन शाखाले क्षतीपुर्तीका लागि राष्ट्रसंघ पहल गरेको थियो । निकै मेहनतपछि परिवारलाई राहत दिलाउन सफल भइएको शाखाका एक अधिकारीले बताए । राष्ट्रसंघमै कार्यरत अवस्थामा बराबर उनको परिवारलाई क्षतीपुर्ती दिइएको छ । जसका कारण सइ खनालका परिवारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतलाई भेटेर धन्यवाद दिएका थिए ।

मलेरियाबाटै सुडानमा मृत्यु भएका कार्यालय सहयोगी श्रीबहादुर थापा मगरको परिवारलाई राहत दिने प्रक्रिया पनि प्रहरीले अघि बढाएको छ । करिब दुई महिनामा कोमामा बसेपछि उनको सुडानमा गत महिना मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..