१ नम्बर प्रदेश प्रहरी श्रीमती संघद्वारा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण


बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।

झापाको गौरिगंज गाँउपालिका-६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयको प्राङगणमा आज दिउँसो एक कार्यक्रम बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गर्नु भएको हो ।

उक्त कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, स्थानियवासीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..