१ नम्बर प्रदेश प्रहरी श्रीमती संघद्वारा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण


बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।

झापाको गौरिगंज गाँउपालिका-६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयको प्राङगणमा आज दिउँसो एक कार्यक्रम बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गर्नु भएको हो ।

उक्त कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, स्थानियवासीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..