निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेका आधारमा उपयुक्त तथा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिनुभएको छ ।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारीसहितको आइतबार भक्तपुरमा बसेको बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो ।

पथपलियाले भन्नुभयो, “आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमा समेत गठन गर्ने गरी तयारी भइरहेको छ ।”

सो अवसरमा उहाँले निर्वाचनसम्बन्धी तयारी कार्यमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत निर्देशन दिनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुखले जिल्लामा राजनीतिक वातावरण, जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजकले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिबारे बैठकमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..