राजावादीहरूले प्रधानमन्त्री ओलीलाई राजनेता भन्न थालेका छन् : सुरेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड–माधव समूह ) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरूले राजनेता भन्न थालेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै पाण्डेले ओलीले राजावादीहरूको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका हुन् ।

उनले ओलीमाथि हिन्दु राज्य बनाउने कोशिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिमा गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्ट गरिरहेका छन् ।’

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलमा माघ १४ गतेदेखि जारी धर्नामा आइतबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि सहभागी भएका थिए । त्यस्तै धर्नामा विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभा, प्रदेशसभाका सदस्यलगायतका नेता कार्यकर्ता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..