रसुवागढी नाकामा आवतजावत सुरु भएन

रसुवा । कोरोना भाइरस ( कोभिड–१९ ) का कारण लकडाउनपछि सरकारले सीमा नाकाहरु खोल्ने निर्णय गरे पनि रसुवागढी नाका भने आवतजावत खुलेको छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार सरकारले गरेको निर्णय अनुरुप परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रशासनले पनि छिटै समन्वय गरेर नाका सुचारू गर्ने बताउनुभयो ।

कोभिड १९ पछि लकडाउनका कारण गत चैतदेखि केरुङबाट आवतजावतमा रोक लाइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक ५ सय कन्टेनर चल्ने गरेका थिए ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । व्यापारीले भने राजश्व असुली गरे अनुरुप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..