रसुवागढी नाकामा आवतजावत सुरु भएन

रसुवा । कोरोना भाइरस ( कोभिड–१९ ) का कारण लकडाउनपछि सरकारले सीमा नाकाहरु खोल्ने निर्णय गरे पनि रसुवागढी नाका भने आवतजावत खुलेको छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार सरकारले गरेको निर्णय अनुरुप परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रशासनले पनि छिटै समन्वय गरेर नाका सुचारू गर्ने बताउनुभयो ।

कोभिड १९ पछि लकडाउनका कारण गत चैतदेखि केरुङबाट आवतजावतमा रोक लाइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक ५ सय कन्टेनर चल्ने गरेका थिए ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । व्यापारीले भने राजश्व असुली गरे अनुरुप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..