मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट’ भन्दै गरेको सम्बोधन भाइरल

काठमाडौं । खानेपानी मन्त्री मणी थापाले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

मन्त्री थापाले कार्यक्रमा सम्बोधन गर्दै भन्नुभएकाे थियाे, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट कार्यक्रममा आउनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री थापाले बाेलेका भिडियाेबारे अनेकाैँ टिकाटिप्पणी भइरहेकाे छ ।

उहाँले कार्यक्रमको अन्त्यमा मनत्यव्य राख्नेक्रममा नेपाल सरकारको तर्फबाट भन्नु पर्नेमा श्री ५ को सरकारको तर्फबाट भन्नु भएको हो । पूर्वमाओवादीका नेता रहनु भएका मन्त्री थापा नेकपा विवादपछि प्रधानमन्त्री केपी शर्मा ओली समुहमा लाग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..