मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट’ भन्दै गरेको सम्बोधन भाइरल

काठमाडौं । खानेपानी मन्त्री मणी थापाले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

मन्त्री थापाले कार्यक्रमा सम्बोधन गर्दै भन्नुभएकाे थियाे, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट कार्यक्रममा आउनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री थापाले बाेलेका भिडियाेबारे अनेकाैँ टिकाटिप्पणी भइरहेकाे छ ।

उहाँले कार्यक्रमको अन्त्यमा मनत्यव्य राख्नेक्रममा नेपाल सरकारको तर्फबाट भन्नु पर्नेमा श्री ५ को सरकारको तर्फबाट भन्नु भएको हो । पूर्वमाओवादीका नेता रहनु भएका मन्त्री थापा नेकपा विवादपछि प्रधानमन्त्री केपी शर्मा ओली समुहमा लाग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..