संसद् बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तागत हामीसँग छ : प्रचण्ड

कैलाली  । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तागत आफूहरुसँग रहेको बताउनु भएको छ ।

शनिबार कैलाली जिल्लाको धनगढीमा आयोजित संसद विघटनविरुद्ध बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान बुझ्ने सर्वोच्च अदालत नभएको भए संसद बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारवाही गर्न सक्ने तागत आफूहरुमा भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्चले संविधान हेरेर, लोकतान्त्रीक गणतन्त्रलाई बुझेर निर्णय गर्छ भन्ने बिस्वास छ, यदी यो मुद्धा सर्वोच्चमा हुँदैन थियो भने हामी सदन बोलाउथ्यौँ र संसदको बैठक बसेर केपी ओलीलालई कारवाही गर्ने तागत छ।’

ओलीको कदमबिरुद्ध आफूहरुसँग दुईतिहाइ सांसद, नेपाली काँग्रेस र जनता समाजवादीले पनि साथ दिने भएकाले केपी ओलीलाई कारवाही गर्न कुनै गाह्रो नभएको अध्यक्ष प्रचण्डको दावी थियो ।

नेपाली काँग्रेस र जनता समाजवादीले पनि ओलीको कदम असंवैधानिक र अलोकतान्त्रीक भनिसक्नुको साथै संसद पुनर्थापना गर्नुपर्ने पक्षमै उनीहरु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला नगरे संभामुखले संसदको बैठक बोलाउने र दुई तिहाइको बहुमत संसद मार्फत केपी ओलीले गरेको राष्ट्रघात र संविधान घातका लागि कारवाही गर्ने अधिकार संसदमा राख्न सक्ने बिश्वास रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हामी सही फैसला हुने पक्षमा ढुक्क छौंँ र त्यो फैसला आउने नै छ, तर हामीसँग विकल्पका रुपमा सभामुखले संसद बैठक बोलाउने संसदको दुई तिहाइ बहुमतले केपी ओलीले गरेको राष्ट्रघातको लागि कारवाही गर्ने अधिकार राख्दछ भन्ने बिस्वास म यहाँ राख्न चाहन्छु।’

हालसम्म बिभिन्न संविधान बनेको तर वर्तमान संविधानको विशेस्ता नै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भएको उहाँले बताउनुभयो । वर्तमान संविधानमा हामी सार्वभौम नेपाली जनताले आफ्ना प्रतिनिधी मार्फत संविधानसभाबाट यो संविधान जारी गरेका छौँ भनेर लेखिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

यो सानो कुरा नभएको बताउदै उहाँले पहिलो पटक नेपाली जनता सार्वभौम भएको बताउनु भयो । तर अहिले प्रधानमन्त्ती ओलीले यसलाई मात्रै नकुल्चेर संघिय लोकतान्त्रीक गणतन्त्र र जनताको सार्वभौम जनतामाथि पनि कुल्चिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..