लोकतन्त्रको हत्या गर्नेलाई कारवाही गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

नेपालगञ्ज । जसपाका बरिस्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ल्याएको संविधान र लोकतन्त्रको हत्या गरेको आरोप लगाउनुभएको छ ।

जनताले ल्याएका उपलब्धिप्रति प्रधानमन्त्री ओलीले चालेका कदम असोभनीय रहेको धारणा राख्दै उहाँले भन्नुभयो, ‘लोकतान्त्र र संविधानलाई ट्«याकमा ल्याउन हाम्रो पार्टीले कडा आन्दोलनको थालनी गर्न पनि गरेको छ । लोकतन्त्रका हत्याराहरुलाई दण्डित नगरेसम्म हामीहरुले विश्राम लिनेछैनौं ।’

ओलीको प्रतिगमन प्रबृत्ति र लोकतन्त्रको हत्या गर्नेहरुलाई नसच्चिएसम्म आफ्नो पार्टी कदापि नझुक्ने उहाँले बताउनुभयो । अहिलेको राजनीति गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रमाथि गरिएको खड्क प्रहार प्रतिगमन रहेको उहाँले ठहर छ ।

ओलीले कम्युनिष्ट पार्टीको खोल मात्र ओढेको उहाँले धारणा थियो । केपी ओलीको असंबैधानिक कदमविरुद्ध कम्युनिष्ट पार्टी र सबै जनता मिलेर पराकाष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..