जनसभालाई सम्बोधन गर्न कैलाली पुगे नेपालका अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जिल्लाको धनगढी पुगेका छन्। नेकपाले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रचण्ड शनिबार बिहान धनगढी पुगेका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अध्यक्ष प्रचण्डलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका थिए। नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल यसअघि नै (शुक्रबार) धनगढी पुगिसेका छन्।

प्रचण्ड र नेपाल धनगढी पुगेको नेकपा कैलालीका नेता दीर्घ सोडारीले जानकारी दिए। ५० हजार मानिस उपस्थित हुने भनिएको जनसभालाई प्रदेश इञ्‍चार्ज भीम रावलले पनि सम्बोधन गर्ने छन्। प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ।

विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

शनिबार बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले शंकास्पद व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..