जनसभालाई सम्बोधन गर्न कैलाली पुगे नेपालका अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जिल्लाको धनगढी पुगेका छन्। नेकपाले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रचण्ड शनिबार बिहान धनगढी पुगेका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अध्यक्ष प्रचण्डलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका थिए। नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल यसअघि नै (शुक्रबार) धनगढी पुगिसेका छन्।

प्रचण्ड र नेपाल धनगढी पुगेको नेकपा कैलालीका नेता दीर्घ सोडारीले जानकारी दिए। ५० हजार मानिस उपस्थित हुने भनिएको जनसभालाई प्रदेश इञ्‍चार्ज भीम रावलले पनि सम्बोधन गर्ने छन्। प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ।

विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

शनिबार बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले शंकास्पद व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..