रौतहटमा ठुलो परिमाणमा लागुऔषध सहित एक जना पक्राउ

रौतहट । रौतहटबाट २ हजार १ सय पीस लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका ४ बस्ने २७ वर्षीय शेरबहादुर कुश्वार रहेका छन् ।

इलाका प्रहरी कार्यालय चपुर र लागुऔषध नियन्त्रण व्यूरो, वीरगञ्जबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा चेकजाँच गर्नेक्रममा कुशवारलाई पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक ( डीएसपी ) भरत श्रेष्ठले जानकारी दिए ।

कुश्वारले चलाएको बा ९३ प ८६१ नम्बरको मोटर साईकललाई चेकजाँच गर्दा उनले लगाएको ज्याकेट भित्र लुकाई छिपाई ल्याएको सात वटा प्याकेटमा रहेका २ हजार १ सय पिस लागुऔषध नाइट्रोभेट टयाब्लेट बरामद गरिएको डीएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका कुशवारलाई अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..