प्रम ओलीलाई प्रचण्डको प्रश्नः ७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो?

प्रचण्डले भने, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने को हो ?’

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७० करोड रुपियाँ बार्गेनिङ काण्डमा नेता गोकुल बास्कोटालाई संरक्षण गरेकोमा प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठाएका छन् ।

परिवारवादमा फँसेको भन्दै ओलीले प्रचण्डमाथि कडा प्रहार गरिरहेको बेला प्रचण्डले जवाफ फर्काउँदै बास्कोटालाई संरक्षण गरेको प्रश्न उठाएका हुन् । प्रचण्डले भने, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने को हो ?’

आफूले जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरेंको, लामो आन्दोलनमा आफ्ना छोराछोरी अरु सरह लडेको तर्क गर्दै उनले सोही कारण उनीहरू जनताबाट चुनिएको जिकिर गरे । तर, ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण नगरेको प्रचण्डको तर्क छ ।

आन्दोलनमा लडेर आफू र आफ्ना परिवारले गल्ती नगरेको कुरामा उनले जोड दिएका थिए । आफ्नो परिवारका सदस्यमाथि ओलीले निरन्तर आक्रमण गरेको बताउँदै उनले ओलीको अत्याचार नसहने बताए।

अध्यक्ष प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी पनि दिए । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको उनको भनाई छ । आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको भन्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।

प्रचण्डले भने, ‘जरुरी पर्‍यो भने हामी संसद् बैठक बोलाउने छौं, त्यो अधिकार हामीलाई संविधानले दिएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..