एक्सनमा एसपी जीवनकुमार श्रेष्ठ : क्यानाडा पठाइदिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ

पोखरा । क्यानडा लगायत विकसित देश पठाइदिन्छु भनेर दर्जनौंसँग गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका – ७ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा बस्ने वर्ष ३८ का धीरजकुमार विश्वकर्मा पक्राउ परेका हुन् । 

खाडी मुलुक बसेर आएका उनले आफू पहिल्यैदेखि विदेश बसेको र अरुलाई पनि पठाउन सक्ने भन्दै पैसा असुल गरेका थिए । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) जीवनकुमार श्रेष्ठका अनुसार धीरजले ३३ जनाबाट ९० लाख रुपैयाँ ठगी गरेका हुन् । 

विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका व्यक्तिहरुबाट पैसा उठाएका थिए  । उनीविरुद्ध १२ माघमा कास्की प्रहरीमा उजुरी परेको थियो । थुप्रै जनासँग उनले पासपोर्ट पनि लिएका थिए । भिसा लिन दिल्ली जानुपर्ने भन्दै आश्वस्त पार्दै आएका थिए । उजुरी परेको भोलिपल्ट अर्थात १३ माघमा प्रहरीले विश्वकर्मालाई पक्रन सकेको थियो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..