देउवा र ओली भेटेकै दिन बालेन-रविबीच वार्ता

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । सोमबार काठमाडौंमा दिनभर विभिन्न दलका शीर्ष नेताबीच भएका भेटघाटले राजनीतिक वृत्तमा तरंग ल्याएको हो ।

सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।एमालेले लामो समयदेखि संसद् पुनर्स्थापनाको माग गर्दै आएको छ भने कांग्रेसले पनि त्यसमा सहमति जनाउँदै आएको छ । यही सन्दर्भमा देउवा–ओली भेटलाई आगामी राजनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब सात घण्टा लामो छलफल भएको छ ।

भेटमा मुख्यतः आउँदो निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । दुवै नेता तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडानमा छन् ।

रवि र बालेनलाई परिवर्तन र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेर्नेहरूका लागि उनीहरूको भेटलाई अर्थपूर्ण मानिएको छ। कतिपयले दुवै नेता मिलेर अघि बढ्नुपर्ने माग गर्दै आएका बेला भएको यो भेटले भविष्यमा सहकार्यको सम्भावनाबारे अड्कलबाजी बढाएको छ।

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। मिति नजिकिँदै जाँदा ठूला दलदेखि नयाँ शक्तिसम्म सक्रिय बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..