‘सेटिङ’ भत्किएपछि सल्बलाए बिचौलिया: आईजीपी कार्की विरुद्ध नियोजित ‘दुष्प्रचार’ को शृङ्खला सुरु

काठमाडौँ ।नेपाल प्रहरीको नेतृत्व सम्हालेदेखि नै सङ्गठन सुदृढीकरण र विधिको शासन स्थापित गर्न कडा कदम चालिरहेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की विरुद्ध स्वार्थ समूहहरूले घेराबन्दी सुरु गरेका छन्।

पछिल्लो समय प्रहरी प्रशासनमा आफ्नो प्रभुत्व जमाउन नपाएका र ‘दलाली’ गर्ने बाटो बन्द भएका समूहहरूले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको दुरुपयोग गर्दै आईजीपी विरुद्ध भ्रामक समाचार फैलाउन थालेका हुन्।

किन भइरहेको छ आक्रमण?

प्रहरी स्रोतका अनुसार, विगतमा सरुवा-बढुवा र ठूला ठेक्कापट्टामा बिचौलियाको भूमिका खेल्ने समूहलाई वर्तमान नेतृत्वले इन्ट्री निषेध गरेपछि उनीहरू आक्रोशित बनेका हुन्। “जबसम्म दलालहरूको स्वार्थ पूरा हुन्छ, तबसम्म उनीहरू मौन रहन्छन्। तर, जब विधि र प्रक्रियाले काम गर्न थाल्छ, तब नेतृत्वलाई विवादमा तान्ने खेल सुरु हुन्छ,” एक उच्च प्रहरी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..