मानब बेचबिखन मुद्धाका फरार सुन्दरहरैँचाका २ जना पक्राउ

मोरङ । मानब बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् ।


१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ ।


पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..