कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा फाराम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले खुलाएको छ ।

०८३ सालको वार्षिक परीक्षाका लागि फाराम खुलाइएको हो ।

फाराम नियमित तथा आंशिकतर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ९८, ८० र ८१ भएका परीक्षार्थी विद्यार्थीका लागि मात्र खुला गरिएको छ ।

परीक्षासम्बन्धी वार्षिक कार्य तालिकाअनुसार विद्यार्थीले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ । निर्धारित समय भित्र शुल्क बुझाउन नसक्ने विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम बुझाउन पाउने छन् ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म विद्यालयमार्फत बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..