लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहान । सिरहा लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीले शोकमा डुबेका दुई विपन्न परिवारलाई भेटेर आर्थिक राहत तथा अभिभावकत्व प्रदान गर्नुभएको छ।

लहान नगरपालिका वडा नम्बर १ निवासी विल्टु सदाय र वडा नम्बर २० निवासी सकुन्ती सदायको असामयिक निधन भएको खबर पाएलगत्तै मेयर चौधरी उनीहरूको घरदैलोमा पुग्नुभएको हो। नगरपालिकाको तर्फबाट पीडित परिवारलाई किरिया खर्च र राहत स्वरूप आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण गर्दै मेयर चौधरीले भन्नुभयो:
“नगरवासीका हरेक दु:खमा नगरपालिका साथमा छ। यो कठिन घडीमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिन हामीले अभिभावकत्वको भूमिका निर्वाह गरेका हौँ। हाम्रो सानो सहयोगले परिवारलाई केही राहत मिल्ने विश्वास लिएका छौँ।”

नगर प्रमुख आफैँ विपन्न बस्तीमा पुगेर दुःख बाँडेपछि स्थानीयवासी र मृतकका आफन्तले नगरपालिकाले अभिभावकीय भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..