सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

आलोक यादव / सिरहा । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा सिरहा क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण रोचक मोडमा पुगेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव यतिबेला मतदाताको पहिलो रोजाइमा देखिएका छन्। विकास निर्माणमा देखाएको सक्रियता र जनताको व्यक्तिगत सुख-दुःखमा प्रत्यक्ष सहभागी हुने उनको स्वभावले गर्दा यस क्षेत्रमा उनको पक्षमा बलियो जनलहर सिर्जना भएको हो।

किन रोज्दैछन् जनताले रामचन्द्र यादव

स्थानीय मतदाताहरूका अनुसार यसपटकको मुख्य एजेन्डा “पहुँच र उपस्थिति” बनेको छ। सिरहा-२ का बासिन्दाहरू भन्छन्:

सधैँ जनताको माझमा: “रामचन्द्र यादव जितुन् वा हारुन्, उनी सधैँ यहीँ (सिरहामै) हुन्छन्। कुनै पनि काम पर्दा वा विपद् आउँदा उनलाई भेट्न काठमाडौं धाउनु पर्दैन,” एक स्थानीयले बताए।

विकासको स्पष्ट छाप: सडक, सिँचाई,प्रहरी चौकी र विद्यालय भवन निर्माणमा उनले गरेको पहललाई जनताले विकासको मुख्य आधार मानेका छन्।

राजकिशोर यादवप्रति वितृष्णा: अघिल्लो पटक जितेका राजकिशोर यादवले चुनाव जितेपछि क्षेत्रलाई फर्केर नहेरेको र भेट्न खोज्दा समेत उपलब्ध नभएको भन्दै मतदाताहरू रुष्ट देखिएका छन्। “जितेपछि काठमाडौं पलायन हुने र हारेपछि हराउने नेता भन्दा दुःखमा साथ दिने रामचन्द्र नै ठिक” भन्ने आवाज टोल-टोलमा सुनिन्छ।

बदलिँदो समीकरण

विगतमा अन्य दललाई साथ दिएका मतदाताहरू समेत यसपटक रामचन्द्र यादवको पक्षमा खुल्न थालेका छन्। उनीहरूका अनुसार चुनाव जितेर जाने तर समस्या पर्दा नभेटिने ‘टुरिस्ट’ प्रवृत्तिले गर्दा क्षेत्रको विकास पछि परेको हो। त्यसैले, यसपटक “आफ्नै माटोको र आफ्नै घरदैलोको नेता” लाई जिताउने संकल्प स्थानीयले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..