रेड पाण्डाको छाला सहित तीन जना पक्राउ


बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।


उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..