श्रीमतीले छोडेर गइदिएपछि सम्पुर्ण महिलाहरु सँग नै घृणा गर्न थालेका व्यक्तिले गरे १८ महिलाको हत्या

नयाँदिल्ली । श्रीमतीले छोडेर गएपछि एक व्यक्तिले १८ महिलाको हत्या गरेको खबर सार्वजनिक भएको छ ।

श्रीमतीले छोडेपछि सम्पूर्ण महिलाहरूसँग नै घृणा पैदा भएपछि ती व्यक्तिले १७ वर्षमा १८ महिलाको हत्या गरेको खुलासा भएको छ । भारतको हैदरावादस्थित जुबली हिल्समा एक महिलाको हत्याको अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले सिरियल किलर रमुलुलाई पक्राउ गरेको हो ।

सिरियल किलरले पछिल्लो समय वेंकटम्मा नामकी युवतीको हत्या गरेका थिए । हत्यापछि उनले महिलाको अनुहारमा पेट्रोल हालेर आगो लगाइदिएका थिए । स्थानीय प्रहरीले २० दिनको अनुसन्धानपछि रमुलुलाई पक्राउ गरेको हो ।

४५ वर्षीय रमुलु शहरमा ढुङ्गा काट्ने काम गर्दै आएका थिए । अहिलेसम्म उनलाई २१ पटक प्रहरीले पक्राउ गरिसकेको छ, जसमध्ये १६ पटक हत्याको आरोपमा पक्राउ गरेको हो । रमुलुले अहिलेसम्म १८ महिलाको हत्या गरिसकेको खुलासा भएको छ ।

२१ वर्षको उमेरमा रमुलुको विवाह भएको थियो । विवाह भएको केही समयपछि उनकी श्रीमती अर्को पुरुषसँग भागेकी थिइन् । त्यसपछि उनले महिलाहरूको हत्या गर्न थालेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले समाचार लेखेको छ । प्रहरीका अनुसार उनले सन् २००३ देखि नै हत्या गर्दै आएका थिए ।

रमुलुले एक्ला महिलाहरूलाई यौनसम्बन्धका लागि पैसाको लोभ देखाएर एकान्तमा लैजाने र उनीहरूको हत्या गर्दै आएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर महिलाको हत्या गर्ने र बहुमूल्य सामानहरू चोरेर भाग्ने उनको शैली नै बनिसकेको थियो ।

२०११ मा केन्द्रीय कारागार चेरलापल्लीमा सजाय भोगिरहेका उनलाई स्थानीय मानसिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाटै उनीसहित ५ जना भागेका उनलाई ०१३ मा पुनः नियन्त्रणमा लिएर जेल हालिएको थियो ।

२०१८ मा उच्च अदालतले उनलाई छोड्न आदेश दिएको थियो । जेलबाट छुटेपछि उनले दुईवटा हत्या गरे र पुनः २ वर्ष जेल बसे । २०२० मा जेलबाट छुट्नेबित्तिकै उनले पुनः दुई महिलाको हत्या गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..