‘दशा’ लागेर पार्टी छोडेर गएकाहरुलाई मूलधारमा फर्किन प्रम ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपा प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ ।

बुधबार नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको हो ।

उहाँले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले कोही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफैंले आधिकारिक पार्टीको नेतृत्व गरेको दावी गर्नुभयो । उहाँले ‘दशा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन हुने ठोकुवा गर्दै मुलुक निरन्तर समृद्धिको यात्रामा अगाडि बढिरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..