‘दशा’ लागेर पार्टी छोडेर गएकाहरुलाई मूलधारमा फर्किन प्रम ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपा प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ ।

बुधबार नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको हो ।

उहाँले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले कोही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफैंले आधिकारिक पार्टीको नेतृत्व गरेको दावी गर्नुभयो । उहाँले ‘दशा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन हुने ठोकुवा गर्दै मुलुक निरन्तर समृद्धिको यात्रामा अगाडि बढिरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..