कोरोना विरुद्धको खोपले ‘साइड इफेक्ट’ गरेको छैन् : सशस्त्र डीएसपी डा.झा


काठमाडौं । देशभरीमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारबाट देशव्यापी रुपमा सुरु भएको छ । खोपका विषयमा विभिन्न आशंका पैदा भइरहेका बेला चिकित्सकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्धक्क भएर लगाउन सुझाव दिएका छन् । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. रोशन कुमार झाले खोपले कुनै पनि साइड इफेक्ट नगर्ने भएकाले आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।‘कोरोनाको खोप नेपालमा हामीले पहिलोपटक लगाएका छौं ।

मैले पनि बिहानै खोप लगाएँ । डर लागेको छैन् । हामी डाक्टर पनि हो । किनभने कोरोना महामारीमा अग्र स्थानमा खटिएका थियौं । मैले खोप लगाएको करिब चार घण्टा भयो । खोप लगाएपछि पनि कुनै किसिमको साइड इफेक्ट फिल गरेको छैन्,’ आफ्नो अनुभव सेयर गर्दै उनले भने ।

डीएसपी झाले कोरोना भाइरस संक्रमणबाट जोगिने अन्तिम उपाय भनेकै खोप भएकाले नडराई खोप लगाउन आग्रह गरेका छन् । डीएसपी झाले सशस्त्रले अहिलेसम्म करिब एक डेढ सय जनामा खोप लगाइसकेको बताएका छन् । उनले खोप लगाएका कसैमा पनि साइडइफेक्ट देखा नपरेको जानकारी दिए ।

‘यदी आफ्नो पालो आयो र फिजिसियनको निगरानीमा लिँदा फाइँदै हुन्छ । भाइरसलाई रोक्ने भनेको भ्याक्सिन नै हो’, उनले भने ।

डीएसपी डा. झा कोरोना महामारीमा अग्र स्थानमा खटिएका थिए । सशस्त्र प्रहरीले आजबाट देशभरी कोरोना खोप अभियान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..