सेनापति थापाद्वारा जर्नेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी जर्नेल हिरालाल जोशीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७७ माघ १३ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी हिरालाल जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापना गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहायक रथी हिरालाल जोशीकाे रिक्त स्थानमा सहायक रथी दर्जामा पदोन्नति भएका महा-सेनानी रविन्द्र केसीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..