सेनापतिले पनि बीचैमा छाड्न सक्ने

काठमाडौं । सरकारले सैनिक सेवा नियमावली (तेस्रो संशोधन) २०७७ अनुमोदन गरेको छ । सैनिक सेवा नियमावली २०६९ मा गरिएको संशोधनपछि अब ०६० वैशाख २८ गते र सोभन्दा पछिका सैनिकले सम्बन्धित विभागीय प्रमुखको स्वीकृतिमा सेवाबाट स्वैच्छिक अवकाश लिएर निवृत्तिभरण पाउने व्यवस्थामा परिवर्तन भएको छ ।

नयाँ व्यवस्थाअनुसार अबदेखि लप्टन र सोभन्दा माथि सेनापतिसम्मकाले २० वर्ष सेवा गरेपछि पेन्सनसहित अवकाश लिन सक्नेछन् । त्यसैगरी, सुवेदार र प्रमुख सुवेदारले १९ वर्ष र जमदारले १८ वर्षमा अवकाश लिन पाउनेछन् । प्युठ, अमल्दार र हुद्दाले १७ वर्ष तथा फलोअर्स र सिपाहीले १६ वर्षमा स्वैच्छिक अवकाश लिन पाउने व्यवस्था गरिएको छ ।

अवकाशको नयाँ व्यवस्थामा २० वर्ष सेवा अवधि नपुग्दै स्वैच्छिक अवकाश लिने जुनसुकै सैनिक व्यक्तिले नेपाली सेनामा भर्ना भएको मितिले २० वर्ष अवधि पूरा गरेको मितिबाट मात्र निवृत्तिभरण बापतको रकम प्राप्त गर्ने उल्लेख छ ।

रक्षा मन्त्रालयले मंसिर २१ गते सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको नियमावलीको मस्यौदालाई पुस १६ गते सहमति दिएपछि नियमावलीले औपचारिक रूप ग्रहण गरेको हो ।जन आस्थाबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..