नागरिक मार्चमा प्रहरीको हस्तक्षेप, चिसोमा पानीको फोहोरा र लाठीचार्ज,केही धाइते

काठमाडौं । सांसद विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा हानेको छ । 

उनीहरूले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ।

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।

कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो।

संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..