प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकतामाथि इजलासमा उठ्याे प्रश्न

काठमाडौँ । प्रतिनिधि सभा विघटनबारेको सूचना छापिएको राजपत्रको शंकास्पद भएको भन्दै यसको आधिकारिकता जाँच गर्न माग उठेको छ ।

आइतबार सर्वोच्चको संवैधानिक इजलासमा राजपत्रको आधिकारिकताबारे प्रश्न उठेको छ । निरन्तर सुनुवाईमा रहेको उक्त मुद्दाबारे आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले राजपत्र प्रकाशित गर्ने आफ्नै प्रक्रिया हुने भन्दै प्रश्न उठाउन खोज्दा प्रधानन्यायाधीशले उहाँलाई रोक्नुभएको छ । अहिले यस विषयमा प्रवेश नगरौँ भन्दै उहाँले राजपत्रबारे बोल्न दिनुभएन ।

यसैगरी नेकपा प्रचण्ड—नेपाल समूहका नेता एवं रामकुमारी झाँक्री, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठलगायतले पनि राजपत्रको आधिकारिकताबारे प्रश्न उठाएका छन् । आइतबार उनीहरुले संवैधानिक इजलासमा राजपत्र कहिले छापिएको हो, आधिकारिता जाँच गरिदिन भन्दै निवेदन दिएको स्रोतले जनाएको छ ।

यसअघि बिहीबारको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा समेत नछापिएको भन्दै इजलासमा प्रश्न उठाएका थिए । तर शुक्रबार उक्त सूचना छापिएको राजपत्र इजलासमा पेश गरेको थियो । सो राजपत्रमा प्रकाशित मिति पुस ५ गते नै राखिएको भए पनि शुक्रबार मात्र मुद्रण विभागको आधिकारिक वेबसाइटमा अपलोड गरिएको थियो । त्यसैले अदालतमा प्रश्न उठेपछि मात्र सरकारले रातारात राजपत्रमा सूचना छापेर भोलिपल्टै अदालतमा बुझाएको आशंकामा यसको आधिकारिता मापनको प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..