वरीयता मिचेर उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस

काठमाडौं। वरिष्ठता क्रम मिच्दै न्याय परिषद्ले तीन जनालाई मुख्य न्यायाधीशका लागि नियुक्त गर्न सिफारिस गरेको छ।

आइतबार बसेको परिषद्को बैठकले रिक्त रहेका उच्च अदालतहरू तुलसीपुर, जनकपुर र दिपायलका लागि मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

उच्च अदालतमा कार्यरत दुई र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

वरीयता क्रममा पहिलो नम्बरमा रहेका उच्च अदालतका न्यायाधीश प्रकाशचन्द्र गजुरेल, आठौँ नम्बरमा रहेका नीता गौतम दीक्षित र मुख्य रजिष्ट्रार निरौला सिफारिसमा परेका हुन्। अब उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नियुक्त गर्ने छन्।

यसरी नियुक्तिका लागि सिफारिस गर्दा वरियताक्रम मिचिएको छ। वरियताको दोस्रो नम्बरमा रहेका तेजबहादुर कार्की, तेस्रो नम्बरका शिवनारायाण यादव, शेषराज शिवाकोटी, मोहनबहादुर कार्की, विनोद शर्मा र डिल्लीराज आचार्य अटेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..