वरीयता मिचेर उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस

काठमाडौं। वरिष्ठता क्रम मिच्दै न्याय परिषद्ले तीन जनालाई मुख्य न्यायाधीशका लागि नियुक्त गर्न सिफारिस गरेको छ।

आइतबार बसेको परिषद्को बैठकले रिक्त रहेका उच्च अदालतहरू तुलसीपुर, जनकपुर र दिपायलका लागि मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

उच्च अदालतमा कार्यरत दुई र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

वरीयता क्रममा पहिलो नम्बरमा रहेका उच्च अदालतका न्यायाधीश प्रकाशचन्द्र गजुरेल, आठौँ नम्बरमा रहेका नीता गौतम दीक्षित र मुख्य रजिष्ट्रार निरौला सिफारिसमा परेका हुन्। अब उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नियुक्त गर्ने छन्।

यसरी नियुक्तिका लागि सिफारिस गर्दा वरियताक्रम मिचिएको छ। वरियताको दोस्रो नम्बरमा रहेका तेजबहादुर कार्की, तेस्रो नम्बरका शिवनारायाण यादव, शेषराज शिवाकोटी, मोहनबहादुर कार्की, विनोद शर्मा र डिल्लीराज आचार्य अटेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..