पर्साको भिश्वा बजारमा पसलै पिच्छे प्रहरीको असुली


बिरगंज । पर्साकाे भिश्वा बजारमा रहेका रक्सी उत्पादन र बेच्ने पसलहरूबाट प्रहरीले खुलेयाम रकम असुल्ने गरेको जानकारी प्राप्त भएको छ।

भारतीयहरू नेपालमा मदिरा सेवन गर्न आउने भएकोले भिश्वामा लाेकल रक्सी ठूलो मात्रामा उत्पादन हुने गर्दछ। भारतमा खुलेयाम मदिरा उत्पादन र बिक्रीवितरणमा कडाइ भएको कारण सिमा क्षेत्रका धेरै भारतीय पुरूषहरू नेपालकाे सिमामा मदिरा सेवन गर्न आउछन।

यही माैकाकाे फाइदा प्रहरीले उठाएको व्यवसायीहरूकाे गुनासो रहेको छ।भिश्वा स्थित नेपाल प्रहरीको चाैकीका प्रहरीलाई भनेर प्रत्येक पसलेले व्यापार हेरेर प्रहरीलाई रकम दिनुपर्ने र नदिएमा प्रहरीले बेच्न नदिने गरेको गुनासो उनिहरूकाे छ ।छिपरमाई गाउँपालिका बन्जारिया टाेल चाैकी वरपर नै यस्ता रक्सी भट्टीहरू रहेका छन् ।

प्रहरीलाई मासिक रकम बुझाउनेहरूमा नागिना यादव ५ हजार , अनरद अहिर ५ हजार , कपिलदेव अहिर ५ हजार , भाेला अहिर ५ हजार , सत्यनारायण चमार ४ हजार , नादा ४ हजार , सुरेन्द्र कलवार ४ हजार ,।शिव साह कानु २ हजार , रामेश्वर साह ४ हजार , बैध्यनाथ पाची ३ हजार , सुशील पासवान २ हजार , सुदर्शन साह कानु २ हजार र राजा साह कानु १ हजार रहेका छन् ।

सुदर्शन साह कानुले आफ्नाे व्यापार कम भएको भन्दै १ हजार दिदा प्रहरीले लिन नमानेको र २ हजार नदिए रक्सी बेच्न नदिने बताए पछि बाध्य भएर आफुले २ हजार दिने गरेको बताए । यसरी लाेकल रक्सी बेचेर सामान्य जीवन निर्वाह गरेका पसले सम्मलाई प्रहरीले असुल्न छाेडेकाे छैन । नयाँ एसपी बेल बहादुर पांण्डेकाे ध्यान जान्थ्यो कि ?.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..