२० औं सशस्त्र प्रहरी दिवस भव्य समारोहकाबीच सम्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सुरक्षा निकायको काँधमा आएको बताएका छन्। २० औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनलाई विश्वसनीय वातावरणमा सम्पन्न गर्ने दायित्व हामी सवैको कान्धमा आएको बताए।

प्रधानमन्त्री ओली

पहिलो चरणमा प्रदेश नम्बर २,४,५ र ७ मा निर्वाचन हुन सक्छ, दोस्रो चरणमा प्रदेश १,३ र ६ मा हुन सक्ने भएकाले शान्ति सुरक्षा कायम गर्न तपाईहरु तयारी अवस्था रहनुहोस, उनले भने,‘निर्वाचन नहुन दिने तत्वले अप्रिय घटना घटाउन सक्ने भएकाले घटना हुन नदिने गरि काम गर्नुपर्छ।’अहिले सडकमा ननभेज आन्दोलन भईरहेको छ, स्वाद नभएको आन्दोलनको अस्थित्व नभएको प्रधानमन्त्री ओलीले बताए।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’

यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बलको सांगठानिक पुर्नसंरचना अनुरुप देशका १७ जिल्लामा स्थायी गुल्मको रुपमा परिणत गर्ने बताए। आवश्यक जनशक्ति थप गरि विओपी ५०० पर्याउने र संगठनको चरणबद्ध रुपमा विकास गर्दै लैजाने योजना रहेको गृहमन्त्री थापाले बताए। देशको दक्षिणतर्फ खुल्ला सीमा मार्फत हुन सक्ने चोरी निकारी, पैठारी,अपराधिक नियन्त्रण गर्ने सीमाका जिल्लामा रहेका गणको स्तोरोउन्नती गर्ने योजना छ, गृहमन्त्री थापाले भने,‘उत्तरतर्फ सीमा क्षेत्रलाई समेत प्राथमिकताका साथ हेर्दै मुख्य –मुख्य नाकामा विओपी स्थापना गर्ने लक्ष्य अनुरुप काम भईरहेको छ।’ उनले सीमा सुरक्षालाई प्रभावकारी र परिणाममुखी बनाउन सीमा सम्वन्धी ऐन नियम परिमार्जित गरिने बताए।

प्रधामन्त्री ओलीले केक काटेर २० औं सशस्त्र प्रहरी दिवस समारोहको उद्घाटन गर्दै

प्रधामन्त्री ओलीले केक काटेर २० औं सशस्त्र प्रहरी दिवस समारोहको उद्घाटन गरेको थिए। बराह बाहिनीलाई अन्य बाहिनीको भन्दा राम्रो बनाउन सफल भएका सशस्त्र प्रहरीको बराह बाहिनीका प्रमुख डिआईजी बंशी दाहाल उत्कृष्ट घोषित भए। प्रधानमन्त्री केपी शर्मा ओलीले डिआईजी दाहाललाई उत्कृष्ट बाहिनीपतिको पुरस्कार वितरण गरेका हुन्।

त्यस्तै पूर्व एसएसपी धनबहादुर थापा क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।अन्तराष्ट्रियस्तरमा स्वर्ण जित्न सफल महिला धावक सशस्त्र प्रहरी पुष्पा भण्डारीलाई समेत पुरस्कार वितरण गरिएको थियो।

२० औं सशस्त्र प्रहरी दिवस समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानसेनापति पूर्णचन्द थापा, ७ वटै प्रदेशका डिआईजी लगायत सकल दर्जाका राष्ट्र सेवकको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..