काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् । बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।
पुनःस्थापना पनि हुँदैन । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको साहसिक निर्णय भएको थापाले बताए । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो ।
त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो’ गृहमन्त्री थापाले भने । उनले प्रतिगमनको षड्यन्त्रमा फसेका एउटा गुट पार्टीबाट चोइटिएको बताए ।