संसद पुन : स्थापना भए प्रतिगमन हुन्छ : बादल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् । बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।

पुनःस्थापना पनि हुँदैन । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको साहसिक निर्णय भएको थापाले बताए । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो ।

त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो’ गृहमन्त्री थापाले भने । उनले प्रतिगमनको षड्यन्त्रमा फसेका एउटा गुट पार्टीबाट चोइटिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..