सडकका कुराले न्यायालय प्रभावित हुँदैन : प्रधानन्यायाधीश राणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सडकका कुराले न्यायालय प्रभावित नहुने बताएका छन्। संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सुनुवाइको क्रममा बुधबार प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।

संसद पुनर्स्थापना हुनै सक्दैन भनी प्रधानमन्‍त्री केपी ओलीलगायतका सत्तरुढ दलका नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेको प्रसंग अघि सार्दै रिट निवेदक पक्षका वकिलले यस्ता अभिव्यक्ति र गतिविधिमा रोक लगाउन इजलासको ध्यानकर्षण गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो बताएका हु्न्।

रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्‍त्री केपी ओलीलगायतका सत्तरुढ दलका नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेकोले त्यसलाई रोक लगाउन माग गरेका थिए।

प्रधानन्यायाधीश राणाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने स्पस्ट पारे। उनले बाहिरको कुराले न्यायालय प्रभावित नहुने बताएका हुन्।

अधिवक्ता न्यौपानेले प्रधानमन्‍त्री ओलीको भनाइले जनतामा भ्रम सिर्जना भएको र अदालतको क्षेत्राधिकार अतिक्रमण भएको बताउँदै कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न नहुने जिकिर गरेका थिए। न्यौपानेको जिकिरलाई रोक्दै प्रधानन्यायाधीश रणाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ? हुनुहुन्न भने हामी पनि हुन्नौं।’

बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा बहस गरेका थिए। बिहीबार संसद विघटनसम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ हुनेछ।स्रोत : अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..