सडकमै नमुना संसद , प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाण्डौं । प्रतिनिधिसभा विघटन बिरुद्ध चौतर्फी आन्दोलन जारी छ । यसै क्रममा आन्दोलनमा कपाल मुण्डनदेखि बयलगाडा प्रदर्शन हुँदै विभिन्न तौरतरीकाहरु देखा परीरहेका छन् ।


आज भने भृकुटीमण्डपमा सडकमै नमुना संसदको बैठक राखिएको छ । नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो।

नमूना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए। संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्य बोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको आन्दोलनकारी युवाको भनाई छ ।

उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..