लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ


बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका-१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरादह नगरपालिका-१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका-३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको रतुवामाई नगरपालिका-२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका-९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..