जर्नेल शाह जो सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भए

काठमाडौं । सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी) का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन् । नेपाली सेनामा २०४१ सालमा क्याडेटमा भर्ना भएका उपरथी शाह उमेर हदको कारणबाट अवकास भएका हुन् ।

दुई तारे जर्नेल सुवर्ण शाहले सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन् । सुवर्ण शाहको विदाई नेपाली सेनाको इतिहासमै पहिलो पटक भएको चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा उपरथी सुवर्ण शाहको विदाई २०७७ पुस २७ गते विशेष रूपमा औपचारिक कार्यक्रमको आयोजना गरेरै गरियो ।

सेनाको विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाको संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर उपरथी सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलो जर्नेल बनेका छन् ।

भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहको बारेमा नेपाली सेनाले पीएसओज् हहरूको समेत उपस्थितिमा शाहले सेवामा रहँदा पुर्याएको योगदानको वारेमा प्रस्तुति गरेर र मायाँको चिनो समेत प्रदान गरेको थियो ।

आफ्नो प्रोफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि जर्नेल शाहले संस्थाको हितमा जीवनभर समर्पित रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..