दुई तारे जर्नेल बन्नै लागेका उनी केटीको लफडामा फसे

काठमाडौं । केटी काण्डमा मुछिएका सिराहास्थित २७ बाहिनीपति पङ्कज कार्कीलाई जंगी अड्डा, भद्रकाली तानेर त्यहाँ पाकिस्तानबाट फर्केका हेम केसीलाई खटाइएको छ ।

यसअघिको टिमले छानबिन गर्दा खासै कैफियत फेला नपरेपछि कार्कीलाई लागेको आरोपको विस्तृत छानबिन अब गोकुल भण्डारीको अध्यक्षतामा लिगलतर्फकी प्रमुख सेनानी सावित्री गुरुङ्गसहितको कोर्ट अफ इन्क्वायरीले गर्न लागेको हो । दुई तारे जर्नेल गोकुल राशन प्रबन्धक हुन् । कार्की भने फिल्म निर्देशक चेतन कार्कीका कान्छा छोरा हुन् ।

‘कस्टडीमै राखेर छानबिन गर्नुपर्ने अवस्थाको केस नरहेकाले कार्कीलाई काजमा जंगी अड्डा झिकाइएको’ सैनिक स्रोतले बताएको छ । कार्कीले हेर्ने युएन शाखामा भने सुदर्शन सिलवाल गएका छन् । सिलवाल पूर्व एआईजी तथा सांसद नवराज सिलवालका भाइ हुन् ।

अमेरिकाबाट नेशनल डिफेन्स कलेज (एनडीसी) कोर्स सकेर फर्किएपछि दुई तारे जर्नेल बन्नै लागेका उनी केटीको लफडामा फसेका हुन् ।

कार्कीका ट्वाईसी तथा महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको भन्दै केही महिनाअघि जङ्गी अड्डामा धेरै वटा उजुरी परेपछि उनीहरूमाथि छानबिन थालिएको थियो ।

काण्डमा मुछिएका जनमत आफ्नो गृहजिल्ला कास्कीस्थित पश्चिम पृतना शिक्षालय,पोखरा सरुवा भएका छन् । रामचन्द्र भने सिरहामा नै रहेको बताइन्छ । जन आस्थामा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..