पाँच लाख मूल्य बराबरको अबैध सामान बरामद


वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग गरिएको ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

कार्यालयबाट खटिएको गाडीसहितको मोबाइल गस्ती टोलीले बरामद गरेको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..