पाँच लाख मूल्य बराबरको अबैध सामान बरामद


वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग गरिएको ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

कार्यालयबाट खटिएको गाडीसहितको मोबाइल गस्ती टोलीले बरामद गरेको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..