निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) का नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री बादलले निर्देशन दिएका हुन्।

गृहमन्त्री थापाले भने, ‘स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइने छैन।’

शान्ति सुरक्षा, सिमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन  निर्देशन दिए। 

उनले भने, ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईंहरुलाई कुनै चुनौति आए गृहमन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ।’

बढुवा भएका अधिकृतहरूको जिम्मेवारी थप बढेको भन्दै गृहमन्त्री थापाले भने, ‘अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहोस्।’

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजिपी शैलेन्द्र खनाल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..