सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक ( आइजिपी ) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका ६ जनाअधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २७ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका ९ जना अधिकृतहरुलाई
समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार गृहमन्त्रालय माननीय मन्त्रिस्तरको यही पौष २४ गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती
हुनुभएको तथा पौष २४ गतेकै निर्णयले ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएको हो ।


सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पुरा गर्न पूर्णव्यावसायिक भई इमान्दारिताकासाथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताउनुभयो ।


उहाँले राष्ट्र र संगठनको लागि आफ्नो ज्यानको समेत आहुती दिएका अमर सशस्त्र प्रहरीहरुको त्याग र बलिदानको सम्मान हुने गरी ईमान्दारिताकासाथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अधिकृतहरुले आफु मातहतकालाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै कुशल नेतृत्व प्रदानगरी आगामी दिनमा अझै परिस्कृत भएर राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाहरुको उद्वार कार्यमा सकृय रहनुपर्ने उल्लेख गर्नुभयो ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ
राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..