भारतको नेसनल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जङ्गी अड्डा भ्रमण


काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को भ्रमण दलले मंगलबार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको छ । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरूको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आजै एक फरक कार्यक्रममा भ्रमण दलमा सहभागी फ्याकल्टी मेम्बर तथा तालिमरत शिक्षार्थीहरूका श्रीमतीहरूलाई भद्रकालीमा रहेको सैनिक श्रीमती संघको कार्यालयमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो ।


उक्त भ्रमण दलले आजै माननीय रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलङ्काका शिक्षार्थीहरू समेत समावेश भएको उक्त भ्रमण दल कार्तिक ६ गते भारत फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..