पहिरोले घर पुरिदा दुई जना बच्चाको मृत्यु

धरान । धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..