नेपाल एयरलाइन्सलाई मन्त्री आलेको निर्देशनः तत्काल ई–टिकट लागू गर्नुस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकून्”, निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । नेपाल वायु सेवा निगमलाई प्रतिस्पर्धी बनाएर यसको संरक्षण तथा संवद्र्धन गर्नसमेत मन्त्री आलेले आग्रह गर्नुभयो ।

सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव यादवप्रसाद कोइरालाले नेपाल वायु सेवा विमानको खस्ँिकदो अवस्था भएकाले उक्त अवस्थालाई माथि उकास्न लागि ठोस पहलकदमी चाल्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा मन्त्रलयमा तह त निकायका कर्मचारीहरूले आफ्ना विभाग तथा कार्यालयमा हालसम्म भए गरेका समस्या तथा चुनौतीबारे मन्त्री आलेलाई क्रमशः जानकरी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..