ललितपुरमा सुन संकलन
जुत्तामा लुकाएको अवस्थामा बरामद

काठमाडौं । विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।


विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन : विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बास्तोलाले बताए । विभिन्न मुलुकहरुमा काठमाडौं आउने यात्रुलाई भन्सार छल्न लगाएर ल्याएको अवस्थामा बरामद गरिएको १५० ग्राम सुनको मुल्य ११ लाख ६२ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..