ललितपुरमा सुन संकलन
जुत्तामा लुकाएको अवस्थामा बरामद

काठमाडौं । विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।


विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन : विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बास्तोलाले बताए । विभिन्न मुलुकहरुमा काठमाडौं आउने यात्रुलाई भन्सार छल्न लगाएर ल्याएको अवस्थामा बरामद गरिएको १५० ग्राम सुनको मुल्य ११ लाख ६२ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..