विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गरेका छन्।‘आबुधाबी डाइलग’मा सहभागी हुन यूएई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गरेका थिए।कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले मन्त्री श्रेष्ठसमक्ष दुई पटक कोरोना भाइरसको द्रुत परीक्षण गर्नुपरेको गुनासो गरेका थिए।

चार घण्टाअघिको द्रुत परीक्षण रिपोर्ट ल्याएकाहरूले समेत विमानस्थल परिसरभित्रै परीक्षण गर्नुपर्ने नियमले झन्झट भएको गुनासो श्रमिकहरुले गरेका थिए।विमानस्थल परिसरभित्र हुने एन्टिजेन परीक्षणमा महँगो शुल्क तिर्नुपरेको गुनासो पनि सेवाग्राहीले गरेका थिए। विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलमा गरिएको निरीक्षणका क्रममा कतिपय विनाअनुमति सञ्चालन गरिएको समेत पाइएको थियो।


विमानस्थलमा गरिने एन्टिजेन परीक्षणलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित अन्य निकायसँग समन्वय गरिने मन्त्री श्रेष्ठले बताए। अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा लगायतका विषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..