भाटभटेनीबाट उपभोक्ता ठगिदै, चिनी र तेलसहित उपभोग्य बस्तुमा कालोबजारी

काठमाडौँ । भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले अनियमितता गरेको भेटिएको छ । िहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको बजार अनुगमनको क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो। जसमा धारा तेलको मुल्य अचाक्ली धेरै प्रतिलिटरसम्म ३३५ लिने गरेको पाइएको छ।

यस्तै, अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाही गर्ने जनाएको छ । यसैगरी टोलीले भाटभटेनीमा रहेको तरकारीमा पनि तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै सम्झाईबुझाई समेत गरेको जनायो ।


दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै प्रशासनले बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..